Rule 163
पक्राउको सूचना दिनुपर्ने
: (१) सशस्त्र प्रहरी अधिकृतले ऐनको दफा २४ को उपदफा (२) बमोजिम कुनै व्यक्तिलाई पक्राउ गरेकोमा त्यसरी पक्राउ गरिएको व्यक्तिलाई अनुसूची–१९ बमोजिमको ढाँचामा पक्राउको लिखित सूचना दिई त्यस्तो व्यक्तिलाई यथासिघ्र स्थानीय अन्य प्रहरी वा सम्बन्धित अपराधको अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय वा अधिकारीलाई सुम्पनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सुम्पँदा पक्राउ परेको व्यक्तिको खुले सम्मको नाम¸ थर¸ वतन वा हुलिया तथा पक्राउ परेको मिति¸ समय र स्थान सहितको विवरण खुलाउनु पर्नेछ ।
(३) स्थानीय अन्य प्रहरी वा सम्बन्धित अपराधको अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय वा अधिकारीले उपनियम (२) र नियम ५८ को उपनियम (२) बमोजिम आफु समक्ष प्राप्त भएका व्यक्ति तथा सामान बुझी सो को लिखित जानकारी सम्बन्धित सशस्त्र प्रहरी कर्मचारी वा निज कार्यरत रहेको कार्यालयलाई तुरुन्त उपलब्ध गराउनु पर्नेछ।